ad ad

राजनीति


मन्त्रीको टोलीसहित प्रधानमन्त्री ओली आज कञ्चनपुर आउँदै, दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्ने

मन्त्रीको टोलीसहित प्रधानमन्त्री ओली आज कञ्चनपुर आउँदै, दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्ने

गोकुल जोशी
फागुन १०, २०७७ सोमबार ०:५२,

प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) कञ्चनपुर आउँदै छन्। वेदकोट नगरपालिका–३, छेलामा बन्ने दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली मन्त्रीको टोलीसहित यता आउन लागेका हुन्।

वेदकोट–२, झरना खेल मैदानमा हुने कार्यक्रमका लागि तयारी पूरा भएको वेदकोट नगरपालिकाका प्रवक्ता नरेशबहादुर सिंहले जानकारी दिए।

प्रधानमन्त्री ओलीसँगै सुदूरपश्चिमबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने उद्योग वाणिञ्ज तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा भूसंरक्षणमन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना तथा श्रममन्त्री गौरीशंकर चौधरी कञ्चनपुर आउँदै छन्।

प्रधानमन्त्री आउने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ। कार्यक्रमस्थलमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था मजबुत बनाइएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

प्रतिनिधि सभा भंग गरेयता यसअघि प्रधानमन्त्री ओली पुस २५ गते नेकपा ओली समूह सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेकोे आमसभालाई सम्बोधन गर्न आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .