भक्तपुरको सल्लाघारीबाट प्रहरीले लागू औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वमा खटिएको टोलीले भारतीय नागरिक आनन्दराम चमारलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधामा पुगेको प्रहरी टोलीले भक्तपुर नगरपालिका १ सल्लाघारीबाट भारतको बेतिया सिक्टा घर भएका ४७ वर्षीय चमारलाई लागू औषधसहित पक्राउ गरेको परिसरका डिएसपी दिपक गिरीले जानकारी दिए।
उनको साथबाट डाइजेपाम तीन सय थान, नोर्फिन तीन सय थान र फेनेरागन तीन सय थान बरामद गरिएको प्रहरीले जनाएको छ।
3
Shares
प्रतिक्रिया