ad ad

राजनीति


अदालतले अलोकतान्त्रिक कदम सच्याउँछ, संसद् पुनर्स्थापना हुन्छ : प्रचण्ड

अदालतले अलोकतान्त्रिक कदम सच्याउँछ, संसद् पुनर्स्थापना हुन्छ : प्रचण्ड

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १०:१५,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदम सच्याएर संसद पुनर्स्थापना गर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुलाई विश्वास रहेको बताए।

'जनयुद्ध र जनआन्दोलनको बलमा संविधानसभाबाट निर्मित संसवधानको बलमा निर्वाचन आयोग, सर्वोच्च अदालत लगायतका संवैधानिक निकायहरुले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन् भन्ने हाम्रो पूरा विश्वास छ’, अध्यक्ष प्रचण्डले भने, ‘अदलतमा बहस सकियो, आजबाट हेर्दाहेर्दैका छ। कुनै पनि बेला अदालतबाट संविधान मिच्ने र संसदलाई विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदम सच्चिन्छ र संसद पुनर्स्थापना हुन्छ भन्ने हामीलाई पूरै विश्वास छ।’

उनले संविधान गतिशील र जीवित दस्तावेज भएका कारण देश जनता र राष्ट्रको आवश्यकता अनुसार परिमार्जन गर्न सकिने बताए।

‘म प्रधानमन्त्री भएको बेलामा दुई पटक सदनमा दर्ता गराएको थिए’, अध्यक्ष प्रचण्डले भने, ‘जनताको आवश्यकता अनुसार संविधान संशोधन जान सकिन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .