ad ad

समाज


रामदेवको तथाकथित कोरोना औषधि प्रचार गरेपछि भारतका स्वास्थ्यमन्त्री नैतिक संकटमा

रामदेवको तथाकथित कोरोना औषधि प्रचार गरेपछि भारतका स्वास्थ्यमन्त्री नैतिक संकटमा

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १०:०,

विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको कोरोनिल नामको औषधि सार्वजनिक गर्दै प्रचार गरेपछि स्वास्थ्यमन्त्री हर्ष वर्दनमाथि प्रश्नहरु उठाइएको बीबीसीहिन्दीले जनाएको छ।

भारतको मेडिकल संघ इन्डियन मेडिकल एसोसियसन आइएमएले केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष वर्दनलाई स्पष्टीकरण माग्दै कडा प्रश्नहरु गरेको छ।

आइएमएले स्वास्थ्यमन्त्रीले भारतको मेडिकल काउन्सिलको नियमको अवहेलना गरेको अभियोग लगाएको छ।

आइएमएको बयानमा भनिएको छ,‘नियम अनुसार कुनै डाक्टरले कुनै पनि औषधिको प्रचार गर्न पाउँदैनन्, तर स्वास्थ्यमन्त्री जो आफैं एक डाक्टर हुन्, उनीबाट नियमको उल्लंघन हुनु गल्ती हो।’

भारतीय चिकित्सक संघले यो विषय मेडिकल काउन्सिल अफ इन्डियासम्म लाने बताएका छन्।

गत शुक्रबार स्वास्थ्यमन्त्री हर्ष वर्दन दिल्लीको कन्स्टीट्युसन क्लबमा बाबा रामदेवद्वारा आयोजित कार्यक्रममा उपस्थित भएका थिए। कार्यक्रममा अर्का मन्त्री नितिन गडकरी पनि सामिल थिए।

सोही क्रममा रावदेवले आफ्नो औषधि कोरोनिललाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको बताउँदै उक्त औषधि १५४ देशमा पुर्याउने दाबी गरेका थिए।

तर विश्व स्वास्थ्य संगठनले रामदेवले बनाएको औषधिको बारेमा थाहा नभएको बताएपछि स्वास्थ्यमन्त्रीको आलोचना भइरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .