ad ad

राजनीति


ज्वरो आएपछि पूर्वप्रधानमन्त्री भट्टराई शिक्षण अस्पताल भर्ना

ज्वरो आएपछि पूर्वप्रधानमन्त्री भट्टराई शिक्षण अस्पताल भर्ना

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १३:११,

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराई शिक्षण अस्पताल भर्ना भएका छन्।

बुधबार कोरोना खोप लगाएपछि डा. भट्टराईलाई ज्वरो आएको थियो। त्यसपछि डाक्टरको सल्लाहमै उनी अस्पताल भर्ना भएको जसपाका नेता गंगा श्रेष्ठले बताए।

भट्टराईको अहिले स्वास्थ्य अवस्था नर्मल नै रहेका डाक्टरहरुले बताएको श्रेष्ठले जानकारी दिए।

‘कोरोना खोपछि नर्मल मान्छेलाई त ज्वरो आउने गरेको देखिन्छ, उहाँ त बिरामी नै हुनुहुन्थ्यो। उहाँलाई पनि ज्वरो आयो’, श्रेष्ठले नेपालखबरसँग भने, ‘मैले भर्खरै भेटेर आएको हुँ, उहाँको अवस्था नर्मल छ।’

पेटको समस्या भएपछि उनले लामो समयदेखि नेपालमै उपचार गरेका डा. भट्टराई यहाँका चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंका गर्दै थप उपचारका लागि नयाँदिल्ली जान सल्लाह दिएका थिए।

सोहीबमोजिम डा. भट्टराई केही दिनअघि नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा भर्ना भएका थिए। त्यहाँका चिकित्सकले आवश्यक सबै परीक्षण गर्दा ट्युमरमा क्यान्सर भइनसकेको पुष्टि गरेपछि मंगलबार भट्टराई नेपाल फर्केका हुन्।

डाक्टरहरुले भट्टराईलाई ट्युमरको अपरेसन भने दुई–तीन महिनाभित्रै गराउन सल्लाह दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .