ad ad

राजनीति


ओली समूहको संसदीय दलको बैठक आज, वामदेवलाई प्रधानमन्त्रीको निमन्त्रणा

ओली समूहको संसदीय दलको बैठक आज, वामदेवलाई प्रधानमन्त्रीको  निमन्त्रणा

नेपालखबर
फागुन २२, २०७७ शनिबार १:५२,

प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको भोलिपल्ट आज (शनिबार) उनीतर्फ (ओली समूह) को संसदीय दलको बैठक बस्दै छ।

  याे पनि : प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड, ओलीलाई हटाइयो

ओली समूहको संसदीय दलको बैठक आज प्रधानमन्त्री निवास (बालुवाटार) मा बस्नेछ।

हिजो शुक्रबार प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक राखेर यसअघिका दलका नेता ओलीलाई बर्खास्त गर्दै उनको स्थानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ।

प्रचण्ड–नेपाल पक्षले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ। उता ओली समूहले पनि ससंदीय दलमा आफ्नै बहुमत रहेको दाबी गरिरहेको छ।

आज बस्ने आफ्नो संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पनि आउन आग्रह गरेका छन्।

शुक्रबार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा निमन्त्रणा गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेलगत्तै विभाजित नेकपाका प्रचण्ड–नेपाल तथा ओली कुनै पनि समूहमा नलागी साविक नेकपाका उपाध्यक्ष गौतम पार्टी एकता अभियानमा लागेका छन्।

  याे पनि : वामदेवलाई भेट्न भैँसेपाटी पुगे प्रधानमन्त्री ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .