ad ad

राजनीति


ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम नजाने

ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम नजाने

नेपालखबर
फागुन २२, २०७७ शनिबार ३:१७,

विभाजित कुनै पक्षमा नलागी पार्टी एकता अभियानमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा पनि नजाने भएका छन्।

प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएको भोलिपल्ट आज ओली समूहको संसदीय दलको बैठक बस्दै छ। बैठक प्रधानमन्त्रीकै निवास (बालुवाटार) मा दिउँसो २ बजे बस्ने बताइएको छ।

याे पनि : प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड, ओलीलाई हटाइयो

त्यसको पूर्वसन्ध्यामा शुक्रबार साँझ नेता गौतम भेट्न उनकै निवास (भैंसेपाटी) पुगेका प्रधानमन्त्री ओलीले आफ्नो संसदीय दलको बैठकमा आउन आग्रह गरेको भन्ने चर्चाबारे शनिबार बिहान नेपालखबरले राखेको जिज्ञासामा गौतमको निजी सचिवालय स्रोतले भन्यो, ‘उहाँ बैठकमा जानु हुन्न।’

साथै शुक्रबार साँझको भेटमा प्रधानमन्त्री ओली र नेता गौतमबीच सञ्चो–बिसञ्चोलगायत व्यक्तिगत कुराकानी मात्र भएको दाबी पनि गौतमको सचिवालय स्रोतले गरेको छ। 

याे पनिवामदेवलाई भेट्न भैँसेपाटी पुगे प्रधानमन्त्री ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .