ad ad

राजनीति


प्रचण्ड छाडेर ओलीतिर आउने तयारीमा माधव नेपाल पक्ष

प्रचण्ड छाडेर ओलीतिर आउने तयारीमा माधव नेपाल पक्ष

नेपालखबर
फागुन २४, २०७७ सोमबार १३:७,

सर्वाेच्च अदालतको फैसलाले पुरानै पार्टी ब्युँताइदिएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छाडेर केपी ओलीतिरै फर्किने तयारीमा पुगेको छ।

नेपालनिकट स्थायी कमिटी सदस्यहरूबीच नयाँ बानेश्वरको एक होटलमा सोमबार भएको छलफलले ‘अब एमालेभित्रै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेको’ हो।

‘अदालतको आदेशलाई सम्मान गर्दै एमाले पार्टीभित्रै रहेर आफ्नो असहमतिलाई निरन्तर रूपमा अघि बढाउने निष्कर्ष निकालेका छौं,’ माधव नेपालनिकट एक नेताले नेपालखबरसँग भनेका छन्, ‘एमाले भनेको हामीले बनाएको पार्टी हो। त्यसभित्रै रहेर संघर्ष गर्ने हो। जस्तो परिस्थिति आउँछ सामना गर्दै जाने हो।’

याे पनि :  एमालेभित्रै रहेर ओलीसँग सामना गर्ने माधव नेपाल समूहको निष्कर्ष

बानेश्वर भेलामा एमालेमै रहने निष्कर्ष निकालेर नेपाल पक्ष प्रचण्ड पक्षसँग छलफल गर्न पेरिसडाँडामा सहभागी भएको छ।

त्यस छलफलमा भने रघुजी पन्तलगायत नेताले ओलीसँग पुनः एकाकार भई ‘सकेसम्म’ पार्टी एकता जोगाउनुपर्ने धारणा राखेका छन्।

याे पनि :  नेकपाको एकता कायमै राख्नुपर्ने प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्यहरुको मत

तर उता ओली समूह जिल्ला पार्टी कार्यालयका बोर्ड परिवर्तन गर्दै एमाले पुनःस्थापना अभियानमा लागिसकेकाले यो सम्भावना कम देखिन्छ भने नेपाल पक्ष प्रचण्ड छाडेर एमालेतिरै फर्किनुपर्ने बाध्यता अहिलेसम्मको स्थितिले देखाउँछ।

याे पनि :  अब यो स्थिति फर्किन लागेको हो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .