ad ad

राजनीति


अप्ठेरो परिस्थिति आएको भन्दै चिनियाँ राष्ट्रपतिले सेनालाई तयार रहन निर्देशन दिए

अप्ठेरो परिस्थिति आएको भन्दै चिनियाँ राष्ट्रपतिले सेनालाई तयार रहन निर्देशन दिए

नेपालखबर
फागुन २६, २०७७ बुधबार ११:२८,

सीले मंगलबार देशका लागि अप्ठेरो परिस्थिति सिर्जना भएको भन्दै सेनाहरु तयारी अवस्थामा रहनुपर्ने बताएका हुन्।

‘हाम्रो देशको वर्तमान सुरक्षा अवस्था धेरै हदसम्म अस्थिर र अनिश्चित छ’ सीले भनेका छन्,‘सम्पूर्ण सेनाले क्षमता निर्माण र लडाई तत्परताका लागि समन्वय गर्नुपर्छ। सेना कुनै पनि समयमा विभिन्न जटिल र गाह्रो परिस्थितिहरूको जवाफ दिन तयार हुनुपर्दछ साथै उसले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, विकास र हितका लागि दृढतापूर्वक आधुनिक समाजवादी राज्यको समर्थन गर्नुपर्दछ।’

चीनले रुससँग सैन्य सहकार्य गर्ने विषयमा चर्चा चलिरहँदा सीले मंगलबार उच्च–स्तरको रणनीतिक निवारण र एक संयुक्त लडाई प्रणालीको आवश्यकता भएको पनि बताए। उनले सेनालाई प्रविधि सम्पन्न बनाउनु पर्नेमा पनि जोड दिए।

यसैहप्ताको शुक्रबार क्वाडमा आवद्ध अमेरिका, अस्ट्रेलिया, जापान र भारतले भिडिओ सम्मेलन गर्दैछन्। यी देशहरुले खुला इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै यस क्षेत्रमा चीनको रवैयालाई रोक्ने बताउँदै आएका छन्।

यी देशहरुले चीनले आफ्नो भएको दाबी गर्ने दक्षिण चीन सागरमा चिनियाँ गतिविधि अवैधानिक भएको पनि बताउँदै आएका छन्।

क्वाडको वैठक अगाडि सीले आफ्ना सेनालाई तयार रहन निर्देशन दिएका हुन्। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .