ad ad

राजनीति


सिरहा बम विस्फोट अपडेट : यी हुन् ८ घाइते

सिरहा बम विस्फोट अपडेट : यी हुन् ८ घाइते

शैलेन्द्र महतो
चैत १, २०७७ आइतबार ११:२७,

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोटमा घाइतेहरुको परिचय खुलेको छ।

बम बिस्फोटमा ८ जना घाइते भएकामध्ये एक जना मालपोतकै कर्मचारी, एक लेखापढी व्यावसायी र ६ सेवाग्राही रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते नायब सुब्बा बिष्णपुर गाउँपालिका बस्ने शिव कुमार यादव र सेवाग्राही धनगडीमाई नगरपालिका ४ का ३५ वर्षीय दिनेश भण्डारी छन्। नासु यादवलाई थप उपचारको लागि विराटनगर र सेवाग्राही भण्डारीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ।

यस्तै बमको छर्रा लागेर घाइते हुनेहरूमा लेखापढी व्यवसायी भोला बहादुर मगर, गोलबजार नगरपालिका ६ सिरहाकी ३५ वर्षीया लक्ष्मी राना, गोलबजार नगरपालिका ६ सिरहाकी बेचनी मगर, सिरहा नगरपालिका १६ का लालबहादुर विश्वकर्मा, गोलबजार नगरपालिकाकी फूलकुमारी ठाकुर र भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव रहेको प्रहरीले जनाएको छ।

आइइतबार दिउँसो १ बजे मालपोत कार्यालयमा बम बिस्फोट भएको थियो। घटनास्थलमा जयकुष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ। सो समूहले नै बम बिस्फोट गराएको हुन सक्ने प्रहरीको आशंका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .