ad ad

राजनीति


‘ओलीले कारबाही गरे कसरी अघि बढ्ने?’ नेपाल–खनाल पक्षको भेलामा थप गरियो छलफलका ७ बुँदा

‘ओलीले कारबाही गरे कसरी अघि बढ्ने?’ नेपाल–खनाल पक्षको भेलामा थप गरियो छलफलका ७ बुँदा

नेपालखबर
चैत ५, २०७७ बिहिबार ६:९,

नेकपा–एमालेको नेपाल–खनाल पक्षको जारी राष्ट्रिय भेलामा छलफलका लागि ७ बुँदा थप गरिएको छ।

ती बुँदामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने आफ्नो पक्षलाई गरेका कारबाही र अन्य निर्णयलाई कसरी सामना गर्दै अघि बढ्ने लगायतका बुँदाहरु थप गरिएको छ।

पार्टीमा ओलीले एकलौटी गरेको भन्दै वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको समूहले ललितपुरको सानेपमा बुधबारबाट सुरु भएको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलामा ती बुँदाहरु थप गरी छलफल सुरु गरिएको हो।

‘कार्यक्षेत्रमा हाम्रो पक्ष र अन्य पक्षको संगठनात्मक र प्रभावको स्थिति कस्तो छ? केपी गुटले सिर्जना गरेका बाधा अवरोध लगायतका क्रियाकलाप कस्तो रहेका छन?,’ सो भेलामा बिहीबार वितरित थप बुँदाहरुको सुरुमै भनिएको छ, ‘पार्टी कमिटी र जनसंगठन तथा पेशागत संगठनहरुलाई अहिलेको स्थितिमा कसरी अगाडि बढाउन उचित होला?’

पार्टीभित्र अहिले उत्पन्न अन्तरविरोध र समस्याको समाधान कसरी गर्नु उचित होला भनी सहभागीहरुको सुझाव लिइएको छ।

‘केपी गुटले कारबाहीको नाम नाममा एकपक्षीय गुटगत भेलाबाट गरेका निर्णयहरुलाई कसरी लिने र आगामी दिनमा हुनसक्ने त्यस्ता कामकारबाहीप्रति कस्तो प्रतिक्रिया दिने? केपी गुटले विभाजनको दिशा लिइरहेको स्थितिमा कसरी अगाडि बढ़ने?’ वितरित थप बुँदामा सोधिएको छ।

छलफलका लागि वितरित थप बुँदाहरुको पूर्ण पाठ:

१. कार्यक्षेत्रमा हाम्रो पक्ष र अन्य पक्षको संगठनात्मक र प्रभावको स्थिति कस्तो छ? केपी गुटले सिर्जना गरेका बाधा अवरोध लगायतका क्रियाकलाप कस्तो रहेका छन?

२. पार्टी कमिटी र जनसंगठन तथा पेशागत संगठनहरुलाई अहिलेको स्थितिमा कसरी अगाडि बढाउन उचित होला?

३. पार्टीभित्र उत्पन्न अन्तरविरोध र समस्याको समाधान कसरी गर्नु उचित होला? केपी गुटले कारबाहीको नाम नाममा एकपक्षीय गुटगत भेलाबाट गरेका निर्णयहरुलाई कसरी लिने र आगामी दिनमा हुनसक्ने त्यस्ता कामकारबाहीप्रति कस्तो प्रतिक्रिया दिने? केपी गुटले विभाजनको दिशा लिइरहेको स्थितिमा कसरी अगाडि बढ़ने?

४. वर्तमान राजनीतिक परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुको सञ्चालनमा हामीले कस्तो भूमिका खेल्ने? अन्य राजनीतिक दलहरु, विशेषतः नेकपा (माओवादी केन्द्र) लगायतका वामपन्थी पार्टी वा समूहहरुसंग एकता र सहकार्यको लागि के गर्नु उचित हुन्छ?

५. नेकपा (एमाले) लाई विधान, विधि र पद्धतिसम्मत किसिमले चलाउँदै यसको एकतालाई कायम राख्न के गर्नु उचित हुन्छ र के गर्नसकिन्छ?

६. पार्टी संगठन, जनसंगठनहरुको सञ्चालन तथा केपी गुटबाट भइरहेका कामकारबाहीहरु तथा तिनको सम्बन्धमा अन्य केही सान्दर्भिक जानकारी र सुझाव भए उल्लेख गर्ने।

७. अन्य राजनीतिक दल र शक्तिहरुबारे ध्यान दिइनु पर्ने सान्दर्भिक गतिविधिबारे केही भए उल्लेख गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .