नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एक महिनाभित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई परास्त गर्ने बताएका छन्।
बिहीबार सानेपमा राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले ओलीवादलाई पराजित गरेरै छाड्ने बताएका हुन्।
‘एक महिनामा ओलीलाई परास्त गछौँं, अव पनि नसच्चिए उनलाई ढालेरै छाड्छौँ’, भुसालको भनजाई उद्धृत गर्दै एक सहभागीले भने।
उनले एमालेको आधिकारीक आफू भएको र ओेलीले समानान्तर समिति चलाएको समेत आरोप लगाए।
उनले ओलीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन नउठ्ने निष्कर्षमा आफूहरु पुगिसकेको बताए।
प्रतिक्रिया