ad ad

समाज


खातामा रकम नभएको चेक काटेर ठगी गर्ने दुई व्यक्ति पक्राउ

खातामा रकम नभएको चेक काटेर ठगी गर्ने दुई व्यक्ति पक्राउ

नेपालखबर
चैत ५, २०७७ बिहिबार १२:२९,

खातामा पर्याप्त रकम छैन भन्ने जानी जानी चेक दिएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटा घर भइ हाल ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ६३ वर्षीय महेन्द्रनारायण श्रेष्ठ र काठमाडौं बूढानीलकण्ठका ५८ वर्षीय लाक्पा लामा रहेका छन्।

श्रेष्ठ र लामालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित प्रहरी टोलीले पक्राउ गरेको हो।

पेशलराज पोखरेलको जाहेरीले श्रेष्ठलाई उच्च अदालत पाटनको गत माघ ९ गतेको फैसलाबाट चार दिन कैद र २० लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो।

यस्तै, लामालाई प्रकाश खड्काको जाहेरीले सोही अदालतबाट माघ ५ गते चार दिन कैद र रू १० लाख ४५ हजार जरिवाना हुने ठहर भएको थियो।

उक्त सजाय बेरुजू रही फरार रहेका निज प्रतिवादीलाई प्रहरीले बिहीबार बूढानीलकण्ठबाट पक्राउ गरी आजै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .