ad ad

राजनीति


ओलीले सदस्य थपेको केन्द्रीय समिति हामीलाई स्वीकार्य छैन, त्यसमा हामी जाँदैनौँ : योगेश भट्टराई

ओलीले सदस्य थपेको केन्द्रीय समिति हामीलाई स्वीकार्य छैन, त्यसमा हामी जाँदैनौँ : योगेश भट्टराई

नेपालखबर
चैत ५, २०७७ बिहिबार १२:४१,

नेकपा एमालेका सचिव एवं प्रचारविभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सदस्य थपेको केन्द्रीय समिति आफूहरुलाई अस्वीकार्य भएको बताएका छन्।

दुई दिने राष्ट्रिय भेला समापनपछि आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा आफूहरु नजाने बताए।

‘ओलीले थपेको अवैध केन्द्रीय समिति हामीलाई स्वीकार छैन, त्यसमा हामी जाँदैनौँ’, भट्टराईले भने।

उनले पार्टी एकताका लागि छलफल नै गर्दिनँ भन्ने ओलीको शैली निरंकुश भएको बताए। उनले ट्रम्प र चीनबीच त वार्ता भएको भन्दै वार्तै हुँदैन भन्न नहुने बताए।

‘छलफल गर्दिनँ भन्ने ओलीको शैली निरंकुश हो, चीन र अमेरिकाबीच वार्ता हुन्छ भने हामीबीच नहुने भन्ने हुँदैन’, भट्टराईले भने।

उनले सर्वोच्च अदालतले नेकपालाई खारेज गर्दै दुवै पार्टीलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि संगठन पनि सोही अवस्थामा फर्कनुपर्ने बताए। उनले २०७५ जेठ २ को संगठन आफूहरुको बटमलाइन भएको बताए।

उनले आजको संसदीय दलले गरेको बोर्डको गठनबारे विधान हेरेर मात्रै प्रतिक्रिया दिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .