ad ad

राजनीति


नेपाल इजरायल सम्बन्धको ६० वर्ष पुरा

नेपाल इजरायल सम्बन्धको ६० वर्ष पुरा

नेपालखबर
चैत ५, २०७७ बिहिबार १२:४४,

नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष पुरा भएको अवसरमा नेपालस्थित इजरायली राजदूतावासले औपचारिक कार्यक्रम गरी मनाएको छ।

इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो।

नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष वर्ष पुरा भएको अवसरमा बिहिबार काठमाडौ‌ंमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इजरायलले कृषि प्रविधिमा हासिल गरेको उपलब्धी नेपालको लागि युगान्तकारी हुने विश्वास व्यक्त गरे।

उनले आगामी आर्थिक वर्षबाट नेपाल सरकार र इजरायल सरकारको संयुक्त कार्यक्रम सेन्टर फर एक्सलन्स सुरु हुने पनि बताए। इजरायलले नेपालको कृषिको आधुनिकीकरणमा तालिम र प्रविधिमा सहयोग गर्दै आएको छ। नेपाल सरकार र इजरायल सरकारको संयुक्त कार्यक्रम सेन्टर फर एक्सलन्स आगामी आर्थिक वर्षबाट सुरु हुन लागेको छ।

कार्यक्रममा बोल्दै नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले नेपाल र इजरायलबीचको सम्बन्ध अरुभन्दा पृथक रहेको बताए। नेपाल र इजरायलबीचको सम्बन्धलाई अझ सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाइ छ। दुई देशबीचमा साझा चुनौती रहेको भन्दै उनले नेपाललाई जहिले पनि सहयोग गर्न तयार रहेको बताए।

१९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएलगत्तै मार्च १९६१ मा इजरायलले नेपालमा आफ्नो दूतावास स्थापना गरेको थियो। अहिले लाजिम्पाटमा रहेको दुतावास ६० वर्षदेखि निरन्तर एकै स्थान र घरमा छ।

१९६० मा नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले इजरायल भ्रमण गरेका थिए। इजरायल सरकारले नेपाली युवालाई कृषि, स्वास्थ्यजस्ता अत्याधुनिक प्रविधिहरूमा विश्वविद्यालय तहका उच्च शिक्षालगायत अल्पकालीन व्यावसायिक तालिम दिइरहेको छ। यसै वर्ष देखि केयर गिभरको रुपमा कामदार लैजाने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .