ad ad

राजनीति


माओवादी केन्द्रले भन्यो : संवैधानिक निकायमा गरिएका पछिल्ला नियुक्तिको संसदीय सुनुवाइ गरौं

माओवादी केन्द्रले भन्यो : संवैधानिक निकायमा गरिएका पछिल्ला नियुक्तिको संसदीय सुनुवाइ गरौं

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ८:५४,

नेकपा (माओवादी केन्द्र)की नेतृ पम्फा भुसालले पछिल्लो पटक संवैधानिक आयोगहरुमा सरकारले गरेका नियुक्तिको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुनुपर्ने बताएकी छन।

शुक्रबार संसद बैठकमा बोल्दै सांसद भुसालले तत्कालीन नेकपा हुँदादेखि नै प्रधानमन्त्री ओलीले संसद छलेर, झुक्याएर आयोगमा नाम सिफारिस गरेको भन्दै त्यसलाई संसदले पुनर्विचार गर्नुपर्ने बताइन।

उनले असंवैधानिक रुपमा पठाइएका व्यक्तिहरुको नियुक्तिलाई संविधानसम्मत बनाउनुपर्ने बताईन्।

‘संवैधानिक निकायहरुमा असंवैधानिक तरिकाले पठाइएका मान्छेहरुले नियुक्ति पाएका छन्, अब संसद पुनर्स्थापना भएको हुँदा हामीले अब त्यसबारे पुनर्विचार गर्नैपर्छ,’ उनले संसदमा भनिन्, ‘तिनलाई संविधानसम्मत् बनाउनैपर्छ, संसदको सुनुवाइ गर्ने परम्परा छलेर केबल टेक्निकल, तिथिमिति गरेर, ढाँटेर गरिएको छ त्यो पनि यहाँ स्मरण गर्न चाहन्छु।’

सरकारले गत पुसमा संवैधानिक परिषद्को ऐन नै संशोधन गरी बिभिन्न संवैधानिक निकायहरुका प्रमुख तथा सदस्यहरु गरी ३२ जनालाई संसदीय सुनुवाइबिना नियुक्त गरेको थियो।

आफैले बनाएको सरकारले षडयन्त्रपूर्ण तरिकाले संवैधानिक परिषदबारे अध्यादेश ल्याएको, त्यसबारे पार्टीभित्र छलफल नगरेको भनी सरकारको आलोचना गरिन्।

‘हामीले त्यहीबारेमा छलफल गर्न भनी राष्ट्रपति कार्यालयमा ६ घण्टा धर्ना दिँदा पनि दर्ता गरिएन, पछि पार्टीको स्थायी समितिमा म सच्याउँछु भनेर तीन बुँदे सहमति गरेर त्यसको तीन दिनभित्र संवैधानिक परिषदमा नियुक्ति गरियो,’ यसरी झूटो तरिकाले संवैधानिक परिषदमा असंवैधानिक तरिकाले नियुक्ति गरियो।’

सरकारले संविधानमाथि गरिएको कूको पक्षपोषण गर्न राज्यस्रोतको दुरुपयोग गरेर त्यसका पक्षमा देशैभरी नौटंकी सभा प्रर्दर्शन गरेको उनकाे आरोप थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .