ad ad

राजनीति


ओलीले गठन गरेको संसदीय बोर्डमा खनाल-नेपाल नबस्ने

ओलीले गठन गरेको संसदीय बोर्डमा खनाल-नेपाल नबस्ने

नेपालखबर
चैत ६, २०७७ शुक्रबार १४:३७,

नेकपा एमालेको बिहीबार बसेको संसदीय दलको बैठकले गठन गरेको संसदीय बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नबस्ने भएका छन्।

शुक्रबार नयाँ बानेश्वरमा भएको खनाल नेपाल समूहका स्थायी कमिटीका सदस्यहरुको अनौपचारिक छलफलमा दुवै नेताहरुले विधान नै बनाइ नसकेको संसदीय दलको बैठकले बोर्ड गठन गर्नु हास्यास्पद भएको बताएका छन्।

‘आज भएको छलफलमा दुवै नेताहरुले बिधान नै नभएको संसदीय दलले बोर्ड गठन गर्‍यो भन्नु हाँस्यापद भएको बताउनु भयो’ उपाध्यक्ष भीम रावलले नेपालखबरसँग भने, ‘संसदीय दलको विधानलाई केन्द्रीय कमिटीबाट पारित गराउनु पर्ने हुन्छ। त्यो अहिलेसम्म भएको छैन। विधान नै नभएको संसदीय दलले बोर्ड गठन गर्‍यो भन्ने कुरा हुँदैन।’

खनाल नेपाल समूहले बहिष्कार गरेको एमाले ससदीय दलको बिहीबारको बैठकले संसदीय दलका नेता केपी शर्मा ओलीको संयोजकत्वकमा २७ सदस्यीय बोर्ड गठन गरेको थियो। जसमा खनाल र नेपाल पनि सदस्य रहेका छन्।

‘विधि र प्रक्रिया पुरा नगरी गरिएको निर्णयको कुनै अर्थ छैन। त्यसलाई स्वीकार गर्ने भन्ने नै हुँदैन’ रावलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .