ad ad

राजनीति


मातृका यादव भन्छन् : ओलीको विकल्पमा गठबन्धन बनाउन राजेन्द्र महतो बाधक

मातृका यादव भन्छन् : ओलीको विकल्पमा गठबन्धन बनाउन राजेन्द्र महतो बाधक

शैलेन्द्र महतो
चैत ९, २०७७ सोमबार १२:८,

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृकाप्रसाद यादवले माओवादीले कुनै विकल्प तयार पारेर मात्र केपी शर्मा ओली सरकारको समर्थन फिर्ता लिने बताएका छन्।

जनकपुरमा सोमबार नेकपा माओवादी केन्द्र धनुषाले आयोजना गरेको जनयुद्धका सहिद अजवलाल यादवको १९ औं स्मृतिसभालाई सम्बोधन गर्दै नेता यादवले प्रधानमन्त्री ओलीको विकल्पमा गठबन्धन तयार हुने बताए।

‘संभावना छ, ओलीको विकल्पको गठबन्धन तयार हुन्छ। विकल्प तयारी भए लगतै माओवादीले सरकालाई दिएको विश्वासको मत फिर्ता लिन्छ’, नेता यादवले भने ‘तर गठबन्धनको सबभन्दा ठूलो बाधक जसपाकै एकगुट राजेन्द्र महतो गुट भएका छन्।’

जसपालाई प्रतिगमनको विरुद्धमा मोर्चा बनाउन तल्लोस्तरबाट दबाब सृजना गर्ने वातावरण बनाउनु पर्नेमा यादवको जोड छ।

राजेन्द्र महतोलाई एक बैठकमा प्रधानमन्त्री ओलीले महतोलाई आफूले जिताइदिएको र फेरि पनि जित्नु छ भने सँगै जाउँ भनेकाले उनी ओलीसँग जान चाहेको नेता यादवले खुलासा गरे।

अर्को प्रसंगमा नेता यादवले सर्वोच्च अदालतले सेटिङमै फैसला गरेर पूर्वनेकपा एमाले र माओवादी केन्द्र ब्युँत्याएको आरोप लगाए।

‘सर्वोच्च अदालतले जनदबाबकै कारण प्रतिनिधिसभा पुनर्स्थापना गर्न बाध्य भयो। राम्रो सन्देश पनि गयो। तर पार्टीसम्बन्धी विवादमा सेटिङमै पार्टीलाई पुरानै अवस्थामा फर्काउने फैसला गर्यो’ यादवले भने।

यस्तै कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामचन्द्र झाले पहिलेदेखि नै ओलीको चरित्र ठीक नभएको आरोप लगाए। ओलीलाई कहिल्यै पार्टीको चिन्ता नभएपनि माधव नेपाल, झलनाथ खनालले प्राथमिकता दिएकै कारण कम्युनिष्टलाई यस्तो दुरावस्था भोग्नु परेको नेता झाको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .