ad ad

समाज


अमेरिकाका वैज्ञानिकले बनाए कोरोनाविरुद्ध खाने क्याप्सुल

अमेरिकाका वैज्ञानिकले बनाए कोरोनाविरुद्ध खाने क्याप्सुल

नेपालखबर
चैत ९, २०७७ सोमबार १२:३,

अमेरिकाका वैज्ञानिकले कोरोना भाइरसविरुद्ध खाने औषधि (क्याप्सुल) बनाएका छन्। प्रारम्भिक अनुसन्धानले यो औषधिले भाइरल लोड घटाउने देखाएको छ।

यो औषधिद्वारा पाँच दिनसम्म गरिएको उपचार क्रममा बिरामीमा भाइरसको संख्या घटेको पाइएको हो।

मोल्नुपिराविरसहित नयाँ औषधि तयार पार्ने अमेरिकी कम्पनी रिजब्याक बायोथेरप्युटिक्सले हालसम्म गरिएको अध्ययनको नतिजा सार्वजनिक गरेको हो।

परीक्षण सफल भएमा यो औषधि कोरोनाविरुद्धको पहिलो खाने क्याप्सुल हुनेछ।

कम्पनीका सञ्चालक वेन होलम्यानका अनुसार अहिलेसम्मको अध्ययनको नतिजाले नयाँ औषधिले मानिसको शरीरमा कोरोनाको संख्या बढ्न रोक्ने देखाएको छ। यसैबाट यो औषधि कोरोनाविरुद्ध लड्न प्रभावकारी हुने देखिएको उनको भनाइ छ।

तर अहिलेसम्मको अनुसन्धानबाट कोरोना संक्रमितलाई यो औषधिले सय प्रतिशत नै काम गर्छ भनेर पुष्टि भइनसकेको उनले बताए। अझै अनुसन्धान आवश्यक हुन्छ।

औषधि निर्माता कम्पनीका अनुसार यही मार्चको अन्त्यसम्ममा यो औषधिसम्बन्धी अध्ययनको विस्तृत नतिजा आउनेछ र यो कोरोनाविरुद्ध कति प्रभावकारी छ भन्ने थाहा हुनेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .