ad ad

राजनीति


नतिजामुखी कार्यसम्पादनमा जोड दिन गृहसचिवको सशस्त्र प्रहरीलाई निर्देशन

नतिजामुखी कार्यसम्पादनमा जोड दिन गृहसचिवको सशस्त्र प्रहरीलाई निर्देशन

नेपालखबर
चैत १२, २०७७ बिहिबार १५:३९,

गृहसचिव महेश्वर न्यौपानेले सशस्त्र प्रहरी बललाई नतिजामुखी कार्यसम्पादनमा जोड दिन निर्देशन दिएका छन्।

बिहीबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुबाट देशभरका वाहिनीपति, तालिम शिक्षालयका समादेशक र गणपतिहरुलाई गृहसचिव न्यौपानेले निर्देशन दिएका हुन्।

त्यसक्रममा उनले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यम मार्फतं बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चूनौतीहरुका बारेमा जानकारी पनि लिए।

उनले नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई डेडिकेटेड फोर्सको रुपमा सीमा सुरक्षामा तैनाथ गराईसकेको अवस्थामा सीमा तथा सीमा वारपार हुने सबै खालका अपराधहरु नियन्त्रण तथा अपराधिहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाउन एवं अवैध चोरी पैठारी तथा निकासी नियन्त्रण गरी राजस्व संकलनमा उल्लेख्य बृद्धि गराउन सहयोगात्मक भूमिका निभाउन निर्देशन दिए।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गृहसचिवबाट भएको निर्देशनलाई ईमान्दार, अनुशासित, कर्तव्यनिष्ठ र व्यवसायिक भई पालना गर्न मातहत राष्ट्रसेवकहरुलाई निर्देशन दिनुका साथै राष्ट्र, जनता र संगठनलाई सदैव शीरमा राखेर कार्य गर्न र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन पनि निर्देशन दिए।

सशस्त्र प्रहरी बल नेपाल, राज्य तथा संगठनले लिएको लक्ष्य प्राप्तितर्फ अहोरात्र कार्यक्षेत्रमा खटिई संगठनलाई प्राप्त सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा उद्वार लगायतका विविध जिम्मेवारीहरुमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहेको बताउँदै नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल, नेपाल सरकार गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहसचिव घनश्याम भुसाल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत तथा काठमाडौं स्थित सशस्त्र प्रहरी बल, नेपालका बाहिनीपति, गणपति र गुल्मपतिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .