प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक बस्नुअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफूनिकट सांसदको भेला गराउने भएको छ।
अध्यक्ष ओलीको आह्वानमा भने आज दिउँसो ३ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्दै छ।
त्यसअघि बिहान ११ बजे केन्द्रीय कमिटी बैठक राख्ने नेपाल पक्षले लगत्तै दिउँसो १ बजे आफूनिकट सांसदसँग छलफल गर्ने भएको हो।
अध्यक्ष ओलीले आज राख्ने संसदीय दलको बैठकमा जाने कि नजाने, निर्णय गर्न सांसदको बैठक राख्न लागिएको नेपाल समूहका एक सांसदले जानकारी दिएका छन्।
प्रतिक्रिया