ad ad

राजनीति


सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने

सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने

नेपालखबर
चैत १७, २०७७ मंगलबार १२:४४,

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन उनको निवासमा पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले शताब्दी पुरुष जोशीको नाममा विद्यालय स्थापना गर्न लागेको बताएका हुन्। विद्यालय खोल्नेबारे सरकारको आगामी वर्षको नीति, कार्यक्रममा राखिने पनि बताए।

कहाँ स्थापना गर्ने भन्ने हालसम्म टुङ्गो नलागेको भएपनि विद्यालयको आवश्यकता भएको तथा घनाबस्ती भएको ठाउँमा स्थापना गरिने बताए। शताब्दी पुरुष जोशीको नाममा स्थापना हुने विद्यालयलाई देशकै नमुना विद्यालयको रुपमा विकास गरिने पनि बताए।

शताब्दी पुरुष जोशीले राष्ट्रपति भण्डारीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्रीलाई पठाएकोमा आभार व्यक्त गरे। सरकारले आफ्नो नाममा विद्यालय खोल्न लागेकोमा हर्ष लागेको पनि बताए।

शताब्दी पुरुष जोशीले हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै कुनै समस्या परेको बेला भन्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .