ad ad

राजनीति


ओलीलाई स्पष्टीकरण पत्र बुझाएका घनश्याम भुसाललाई सूर्य थापाले लगाए आरोप

ओलीलाई स्पष्टीकरण पत्र बुझाएका घनश्याम भुसाललाई सूर्य थापाले लगाए आरोप

नेपालखबर
चैत १८, २०७७ बुधबार ३:४६,

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी फुटाउन सक्रिय बनेको आरोप लगाएका छन्।

भुसालले अध्यक्ष ओलीलाई प्रतिप्रश्नसहित ११ पृष्ठको स्पष्टीकरण पत्र बुझाएको भोलिपल्ट बुधबार (आज) बिहान ओली पक्षीय एमाले केन्द्रीय सदस्य थापाले सामाजिक सञ्जालमार्फत उनलाई पार्टी विभाजन गर्न लागिपरेको आरोप लगाएका हुन्।

यस क्रममा थापाले नेता भुसाललाई जीवनमा जम्मा २ पटक चुनाव जितेको व्यंग्य गर्दै चुनाव जित्नासाथ उनी पार्टी फुटाउन सक्रिय हुने गरेको आरोप लगाएका छन्।

‘घनश्याम भुसालजीले जीवनमा दुईवटा मात्रै निर्वाचन जित्नुभयो– १. २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निष्कासन गर्नुपर्‍यो,’ थापाले लेखेका छन्, ‘२. ०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो। चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति?’

sughati

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .