ad ad

राजनीति


ललिता निवास प्रकरण : गच्छदारको घरमा फेरि म्याद तामेली गर्न आदेश

ललिता निवास प्रकरण : गच्छदारको घरमा फेरि म्याद तामेली गर्न आदेश

नेपालखबर
चैत २७, २०७७ शुक्रबार १२:३,

ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता विजयकुमार गच्छदारको घरमा फेरि म्याद तामेली गर्न विशेष अदालतले आदेश दिएको छ। बिहीबार म्याद तामेलि बारे इजलासमा पेशी चढेको थियो।

फागुन २३ गते सुनसरीस्थित उनको घरमा जिल्ला अदालतले म्याद तामेली गरेको थियो। १५ दिने म्याद तामेली भएपनि एक महिनासम्म पनि गच्छदार उपस्थित भएका थिएनन्।

म्याद तामेली गरिएको पत्रमा छाप समेत नभएकाले साधसोधका लागि पेशी चढेको थियो। म्याद तामेलि प्रक्रियासम्मत नभएको भन्दै अदालतले बदर गरेको हो। म्याद तामेल नै बदर भएसँगै गच्छदारले म्याद गुजारेको समेत नठहरिने भएको छ। विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश प्रेमराज कार्की र सदस्य न्यायाधीश बालेन्द्र रुपाखेतीले बिहीबार सुनुवाई गर्दै पुनः प्रक्रिया पूरा गरेर म्याद तामेल गर्न आदेश दिएका हुन्।

बालुवाटार जग्गा प्रकरणकै कारण गच्छदारको सांसद पद यतिबेला निलम्बनमा परेको छ। उनीविरुद्ध भ्रष्टचारको मुद्दा अख्तियारले विशेष अदालतमा दायर गरेसँगै उनी निलम्बनमा परेका हुन्।

गच्छदारविरुद्धको आरोप पत्रमा भनिएको छ, ‘ललिता निवास क्याम्पभित्रको जग्गा सरकारले कानुनबमोजिम अधिग्रहण गरी सम्बन्धित जग्गाधनीहरुलाई उचित क्षतिपूर्ति समेत दिइसकेको थियो। सरकारी स्वामित्वमा नै रहिरहेको सरकारी र साविकदेखि नै बाटो तथा राजकुलोको रुपमा रहेका सरकारी, सार्वजनिक जग्गा अनाधिकृत व्यक्तिहरुलाई मोही कायम गरी सट्टा भर्ना दिने र सो जग्गामा मोही कायम गर्न–गराउनको लागि मन्त्रिपरिषदमा पेस गर्ने प्रयोजनको गैरकानूनी रुपमा तयार गरिएको प्रस्ताव विभागीय मन्त्रीको हैसियतले स्वीकृत गर्ने कार्य गरी नेपाल सरकारलाई प्रत्यक्ष हानिनोक्सानी र व्यक्ति विशेषलाई प्रत्यक्ष लाभ पुर्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ड को उपदफा (ज्ञ) को देहाय खण्ड (ज) र सोही ऐनको दफा १७ बमोजिमको कसूर गरेको।’

यसअघि अख्तियारमा भने उनी उपस्थित भएरै बयान दिएका थिए। तर विशेष अदालतले घरमै म्याद तामेल गर्दा पनि उपस्थित नभएका गच्छदारले पुनः समय पाउने भएका हुन्।

याे पनि : विशेष अदालत भन्छ– चैत २३ सम्ममा विजय गच्छदार उपस्थित नभए फैसला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .