ad ad

राजनीति


शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा लागेको आगो नियन्त्रणमा

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा लागेको आगो नियन्त्रणमा

नेपालखबर
चैत २९, २०७७ आइतबार १३:२१,

काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणमा आएको छ।

आइतबार बिहान ९ बजेबाट लागेको आगो, तीन दमकल र सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी ओसारेर साँझ नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ।

बिहान ९ बजेबाट बूढानीलकण्ठ नगरपालिका–१, तौलुङबाट सुरु भएको आगलागी क्रमशः फैलिँदै गएकोले नियन्त्रणका लागि हेलिकोप्टरको समेत प्रयोग गरिएको हो।

आगलागी नियन्त्रणका लागि सेना, प्रहरी, सशस्त्रसहितको टोली परिचालन गरिएको थियो भने सेनाको महेन्द्रदल गणबाट ७६ जनाको अग्नि नियन्त्रक टोली खटिएको सेनाले जनाएको छ।

आगो नियन्त्रणका लागि बुढानिलकण्ठस्थित सब्रिना होटलको स्विमिङपुल, वासिखुस्थित माछापोखरी र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .