तेह्रथुमको आठराई गाउँपालिका ४ तीनसल्लेका काजीमान पुरीलाई प्रहरीले यूएईमा पक्राउ गरेर सोमबार नेपाल ल्याएको छ। उनलाई इन्टरपोलको सहयोगमा नेपाल प्रहरीको टोली यूएईमै पुगेर पक्राउ गरेको हो।
रोजगारीका क्रममा ८ वर्षदेखि यूएईमा रहेका काजीमानले आफ्नी श्रीमतीको हत्या गराएको प्रहरीको आरोप छ। गत वर्ष चैत २९ गते २८ वर्षीया बिन्दा पुरीको घरमै हत्या भएको थियो। बिन्दाको हत्या काजीमानकै योजनाअनुसार भएको पाइएपछि नेपाल प्रहरीले इन्टरपोल मार्फत रेड नोटिस जारी गरेको थियो।
प्रतिक्रिया