ad ad

राजनीति


सर्वदलीय बैठकमा नबोलाएकामा डा. बाबुराम भट्टराईको गुनासो

सर्वदलीय बैठकमा नबोलाएकामा डा. बाबुराम भट्टराईको गुनासो

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ३:२४,

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकलाई एमसीसी बैठकको संज्ञा दिएका छन्।

बैठक भएको भोलिपल्ट आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीलाई प्रधानमन्त्रीबाट निमन्त्रणा नआएको जानकारी दिँदै बैठकप्रति टिप्पणी गरेका हुन्। 

तर जसपाकै अध्यक्ष महन्थ ठाकुर, नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला भने सहभागी भएका थिए।

डा. भट्टराईले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे ! मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रम निवासको मिठो÷मसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन। जसपाको आधिकारिक केन्द्रीय कार्यालयमा सोध्दा कुनै जानकारी थिएन। पछि मिडियाबाटै सुनियो– एमसीसी बैठक बहिष्कार पो भएछ !’

babumcc

यो पनि : सर्वदलीय बैठकमा के के भए छलफल?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .