आगामी ५ वर्षभित्र चीनले ताइवानमा आक्रमण गर्न सक्ने खतरा देखेपछि अस्ट्रेलियाले चिनियाँ सेनासँग युद्ध गर्न तयारी तीव्र पारेको छ।
स्रोतका अनुसार अस्ट्रेलियाको सेनाले चीनसँग युद्ध गर्न रणनीति बनाइरहेको हो।
अस्ट्रेलियाली सेनाका अधिकारीले युद्ध भएका खण्डमा अेमेरिकी सेना र अन्य मित्र राष्ट्रलाई मद्दतका लागि पनडुब्बी र लडाकु विमान तुरुन्त ताइवान पठाउन सकिने परिस्थिति बनाइरहेका छन्।
डेलीमेलको रिपोर्टअनुसार लगातार बढिरहेको तनावबीच अस्ट्रेलिया र अन्य क्वाड मुलुक– जापान, भारत र अमेरिकालाई चिनियाँ सेना नियन्त्रणमा राख्नुपर्ने दबाब बढिरहेको छ।
हालैका दिनमा चिनियाँ सेना पूरै क्षेत्रमा आक्रामक भएको छ। उसले हङकङको लोकतन्त्र समर्थक र उइगर मुसलमान समुदायलाई दमन गरेको आरोप छ।
अब चीनले ताइवानमा पनि आफ्नो सैन्य शक्ति प्रयोग गर्ने खतरा देखिएको ती राष्ट्रको दाबी छ। चीनका राष्ट्रपति सी चिनफिङकै शासन कालमा ताइवान कब्जा गर्ने योजना रहेको आरोप लगाइएको छ।
प्रतिक्रिया