ad ad

राजनीति


लुम्बिनीमा हलचलः जसपाका ४ सांसद बने मन्त्री, जिम्मेवारीमा थप हेरफेर

लुम्बिनीमा हलचलः जसपाका ४ सांसद बने मन्त्री, जिम्मेवारीमा थप हेरफेर

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ११:३१,

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकै दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।

अविश्वास प्रस्ताव हस्ताक्षर गरेका भनिएका जनता समाजवादी पार्टी (जसपा) कै चार सांसदहरुलाई मन्त्री बनाएर उनले आफ्नो सरकार पुनर्गठन गरेका हुन्।

नवनियुक्त मन्त्रीहरुलाई सोमबार अपरान्ह सपथ गराइसकिएको छ।

जसपाका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बनेका हुन्।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मानाथ यादवले पद तथा गोपनीयताको सपथ गराएका थिए।

सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार, विजय बहादुर यादव भूमि व्यवस्था तथा कृषी तथा सहकारी, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक, र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार र विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

योसँगै मुख्यमन्त्री पोखरेलले मन्त्रीहरुको जिम्मेवारीमा पनि हेरफेर गरेका छन्।

Lumbini mantriparishad 

यो पनिः

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसी प्रस्ताव

लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

माओवादीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा

यी हुन् मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .