ad ad

राजनीति


चीनले ताइवानमाथि आक्रमण गरे हाम्रो सेना संलग्न हुनेछैनः जापान

चीनले ताइवानमाथि आक्रमण गरे हाम्रो सेना संलग्न हुनेछैनः जापान

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ११:२२,

चीनले ताइवानमाथि आक्रमण गरे जापनी सेना कुनै समूहको पक्षमा संलग्न नहुने सुगाले बताएका हुन्।

आफ्ना देशका विपक्षी नेताहरुको प्रश्नमा प्रतिक्रिया जनाउँदै सुगाले भनेका छन्,‘ताइवानको विषयमा जापानी सेना संलग्न हुने सम्भावना छैन।’

विश्लेषकहरूका अनुसार जापानको संविधानले जापानी सेनालाई चीन र ताइवानको विषयमा संलग्न हुनबाट वन्चित गरेको छ। यद्यपी उसले अमेरिकालाई सहयोग र समर्थन भने गर्नसक्छ।

सुगाले हालै अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटघाट गरेका थिए। अमेरिकाले पछिल्लो समय ताइवानलाई हतियार बेचिरहेको जुन कार्यबाट चीन रुष्ट छ।

हालै चीनले ताइवानलाई आक्रमण गरेर कब्जा गर्ने चेतावनी दिएको थियो। त्यससँगै ताइवानलाई साथ दिएर अस्ट्रेलियाले चिनियाँ सेनासँग युद्ध गर्न तयारी तीव्र पारेको भन्ने समाचारहरु आएका थिए।

जापान, अस्ट्रेलिया, भारत र अमेरिका क्वाडमा आवद्ध मूलुक हुन्। जसले खुला र सुरक्षित इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै आएका छन्।

यी मुलुकले चीनको दक्षिण चीन सागरको दाबीलाई अस्वीकार गर्दै आएका छन्। एक चीन नीतिको उल्लंघन गर्दै अमेरिकाले ताइवानलाई हतियार बेचिरहेको छ।

यद्यपी जापानले भने ताइवानको विषयमा आफू चुप बस्ने बताएको हो। एससीएमपी

यो पनि : ताइवानलाई तत्काल आक्रमण गर्ने चीनको चेतावनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .