ad ad

राजनीति


गण्डकी प्रदेश : अविश्वास प्रस्तावमा मतदानअघि सांसद शाही सम्पर्कविहीन

गण्डकी प्रदेश : अविश्वास प्रस्तावमा मतदानअघि सांसद शाही सम्पर्कविहीन

नेपालखबर
बैशाख १५, २०७८ बुधबार १०:३५,

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान सुरु हुनै लाग्दा एक जना सांसद सम्पर्कविहीन भएका छन्।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही प्रदेश सभा बैठकमा नै अनुपस्थित भएका
हुन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्धको प्रस्ताव पास हुन ३१ मत आवश्यक हुन्छ।

राजमोका ३ सांसद अविश्वासको प्रस्तावमा सहमत हुँदा मात्र प्रस्ताव पास हुनसक्छ।

उनी सम्पर्क विहीन भएपछि अविश्वासको प्रस्तावमा ३० मत मात्र पुग्ने देखिएको छ।

राजमोले केन्द्रीयतहबाट नै अविश्वासको मतको पक्षमा उभिने निर्णय गरेको थियो।

प्रदेश सभामा कांग्रेसको १५ र माओवादीको १२ सांसद छन्। माओवादीबाट नेत्रनाथ अधिकारी सभामुख छन्।

उनले मतदान गर्न पाउँदैनन्। जनता समाजवादी पार्टीका २ सांसद छन् भने राजमोका तीन सांसद छन्।

गण्डकी प्रदेशमा एमालेका १ जनामात्र माधव नेपाल पक्षका सांसद छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .