लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै दावी पेश गरिएको छ।
४२ सांसदले केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै प्रदेश प्रमुख समक्ष नयाँ सरकारको दावी पेश गरेका हुन्।
शंकर पोखरेललाई मुख्यमन्त्रीका रुपमा शपथ नगराउनसमेत उनीहरुले भनेक छन्।
पोखरेलले वहुमत गुमाइसकेकोले उनलाई शपथ नगराउन भनिएको छ।
आज विहान राजीनामा दिएका पोखरेललाई मध्यान्ह प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा पुन: नियुक्ति गरेका थिए।
यस अघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश प्रमुखलाई भेटेर पोखरेलले वहुमत गुमाएको जानकारी दिए पनि उनलाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको थियो।
प्रतिक्रिया