गएको २४ घण्टामा नेपालमा सात हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१६ हजार १४७ जनामा पीसीआर परीक्षण गर्दा ७ हजार १३७ जनामा र ६२३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जना गरी ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, काठमाडौं उपत्यकामा ३ हजार ५९५ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा २७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा संक्रमण पुष्टि भएको छ।
आज कोरोना संक्रमणका कारण २७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज एक हजार ६१२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको प्रतिशत ८४.५१ मा झरेको छ।
आज ४७७ जना आईसीयूमा उपचाररत रहेकोमा १७१ जना भेन्टिलेटरमा छन्।
3
Shares
प्रतिक्रिया