ad ad

राजनीति


माधव नेपाल समूहका सांसदहरुको निर्णय : प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

माधव नेपाल समूहका सांसदहरुको निर्णय : प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ५:३५,

माधवकुमार नेपाल पक्षका एमाले सांसदहरुले आज हुन लागेको मतदानमा सोहि पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्।

‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको छ। आजलाई यति नै पर्याप्त छ,’ एमाले नेता तथा सांसद भीम रावलले सो समूहको बैठकपछि भने।

सामूहिक राजीनामा दिने योजनाबारे सोधिएको जिज्ञासमा उनले भने, ‘राजीनामाको योजनबाट हामी पछि हटेका छैनौं।’

समूहको छलफलमा सहभागी एक सांसदका अनुसार उनीहरु मतदानमा अनुपस्थित हुने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .