ad ad

राजनीति


छिमेकी मुलुकबाट अक्सिजन आउन थाल्यो, अब सहज हुन्छ : उपप्रधानमन्त्री पोखरेल

छिमेकी मुलुकबाट अक्सिजन आउन थाल्यो, अब सहज हुन्छ : उपप्रधानमन्त्री पोखरेल

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ९:५६,

उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)का संयोजक ईश्वर पोखरेलले छिमेकी मुलुक भारत र चीनबाट नेपालमा अक्सिजन प्राप्त हुन थालेको बताएका छन्।

शुक्रबार काठमाडौं महानगरपालिकाको सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा सामाखुसीमा स्थापना भएको थेरापी सहितको अक्सिजन केन्द्रको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले छिमेकी मुलुकहरु भारत र चीन लगायतका देशबाट अक्सिजन लगायतका स्वास्थ्य सामग्री प्राप्त हुन थालेको बताएका हुन्।

उनले अक्सिजन र भ्याक्सिनका लागि जतिसुकै बजेट लागेपनि, जुनकुनै प्रक्रियाबाट भएपनि ल्याउने र जनताको जिवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘अक्सिजन र भ्याक्सिनका लागि जीटूजीबाट लिएपनि, बीटूबीबाट लिएपनि जुनसुकै तरिकाबाट लिएपनि जनताको स्वास्थ्य रक्षा गर्ने पहिलो कुरा हो। त्यसमा जतिसुकै बजेट लागोस्। जहाँसुकै भन्नु परोस्। सरकारको प्राथमिकता हो। अक्सिजन छिमेकी मुलुक भारत सरकारबाट, भारत सरकारका प्रधानमन्त्रीसँग कुराकानी गरेर अहिले प्राप्त हुन थालेको छ। चीनबाट पनि अक्सिजन भरिएका सिलिण्डरहरु हामीले प्राप्त गर्न थालेका छौँ। निजी क्षेत्रलाई पनि ल्याउनका लागि जसरी सहजता हुन्छ त्यो सहज गराउन कोसिस गरिन्छ।’

उपप्रधानमन्त्री पोखरेलले विभिन्न विदेशी राष्ट्रहरुबाट स्वास्थ्य सामग्रीहरु सहयोग आएको भन्दै स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा वितरण गर्ने बताए। काठमाडौंको सामाखुसीमा काठमाडौं महानरपालिकाको आर्थिक सहयोगमा राधास्वामी सत्संग व्यास, नेपाली सेना, अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा ८८ बेडको थेरापी सहितको अक्सिजन केन्द्रको स्थापना गरिएको छ।

अक्सिजन केन्द्रले अस्पतालमा अक्सिजनको अभावमा रहेका विरामीहरुलाई बचाउनको निम्ति काम गर्ने नेपाली सेनाका महासेनानी डा. सुमनलाल डंगोलले बताए। केन्द्रमा अरु स्वास्थ्य अवस्था ठिक भएका तर अक्सिजन चाहिने विरामीलाई अस्पतालले रिफर गरे अनुसार थेरापी मार्फत अक्सिजन दिईने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .