नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले आफ्ना विचार मन परेन भन्दैमा चरित्रै हत्या हुने गरी आधारहीन आरोप नलगाउन सम्बन्धित पक्षसँग अनुरोध गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफू एमालेको कार्यकर्ता भएकाले त्यहीअनुरूप आफूले विचार प्रकट गरिरहेको उल्लेख गर्दै यसमा चित्त नबुझाउनेप्रति सम्मान रहेको तर आफ्नो चरित्र नै हत्या हुने खालका अशिष्ट टिप्पणी नगर्न आग्रह गरेका हुन्।
‘म एमालेको कार्यकर्ता हुँ, केन्द्रीय कमिटी सदस्य छु। त्यसैले मैले व्यक्त गर्ने विचारहरू त्यहीअनुरूप हुँदा मन नपराउने मित्रहरूप्रति सम्मान छ। लोकतन्त्रमा यस्तो हुन्छ। तर त्यसैकारण व्यक्तिगत चरित्रहत्या गर्ने गरी आधारहीन, तुच्छ, अशोभनीय र अशिष्ट टिप्पणीहरू नगरिदिन अनुरोध गर्दछु,’ उनले लेखेका छन्।
3
Shares
प्रतिक्रिया