नेकपा एमालेका माधव नेपाल पक्षधर १७ जनसंगठनले पार्टी जेठ २ मा नफर्किए विसर्जनको बाटोमा जाने चेतावनी दिएका छन्।
एक वक्तव्य जारी गर्दै उनीहरुले पार्टीलाई एकतावद्ध बनाउन र कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनालाई २०७५ जेठ २ गतेको स्थितिमा ल्याउन भनेका छन्।
उनीहरुले यसलाई केन्द्रदेखि स्थानीयतहसम्म क्रियाशील बनाउन पर्ने माग गरेका छन्। उनीहरुले त्यसो नभएमा पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनु पर्ने बताएका छन्।
अहिले पनि आफूहरू एकतावद्ध एमालेकै पक्षमा रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक कार्य गर्दै आएको आरोप लगाएका छन्। उनीहरूले ओलीका ती सबै कार्य खारेज योग्य रहेको दावी गरेका छन्।
अहिले कोरोना रोकथाम र नियन्त्रणका पक्षसँग सहकार्य र समन्वय गरेर सम्पूर्ण राज्य संयन्त्र र शक्ति केन्द्रित गर्ने समयमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार एकपछि अर्को असंवैधानिक, अलोकतान्त्रिक, निरंकुस र प्रतिगामी निर्णय गरेर मुलुकलाई अस्थीरता र जटिलतातर्फ लैजान उद्यत रहेको उनीहरुको भनाई छ।
प्रतिक्रिया