ad ad

राजनीति


माधव नेपाल पक्षको छलफलमा योगेश र गोकर्णले राखे धारणा– दुवैको भनाइ उस्तै

माधव नेपाल पक्षको छलफलमा योगेश र गोकर्णले राखे धारणा– दुवैको भनाइ उस्तै

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ९:३१,

नेकपा एमालेका नेताहरु योगेश भट्टराई र गोकर्ण विष्टले अहिले पार्टीमा देखिएको विवादबारे कुरा गर्दा पहिलो प्रामथिकता पार्टी एकतालाई नै दिनुपर्ने बताएका छन्।

माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको अनौचापरिक छलफलमा धारणा राख्दै उनीहरुले अन्तिम समयसम्म एकताका लागि जोड दिनुपर्ने बताएका हुन्।

ओली पक्षसँग भइरहेको औपचारिक र अनौपचारिक छलफलमा नेता नेपाललाई जानकारी गराएरै आफूहरु सहभागी भइरहेको उनीहरुको भनाइ थियो।

तर त्यसबारे आफूहरु विरुद्ध दुष्प्रचार गरिएको भन्दै भट्टराई र विष्टले असन्तुष्टि पनि जनाएका छन्।

‘दुवै नेताले एकै प्रकारको धारणा राख्नुभयो। पार्टी एकताको लागि अन्तिम प्रयास हुनुपर्छ। अध्यक्ष ओलीसँग अन्तिम समयसम्म त्यसका लागि प्रयास गर्नुपर्छ,’ दुवै नेताको भनाइको सारलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘एमाले विभाजन हुँदा मुलुक, संविधान र व्यवस्था संकटमा पर्छ।’

पछिल्लो परिस्थितिबारे नेता नेपालले आफू पक्षका केन्द्रीय सदस्यहरुसँग बिहीबारबाट भर्चुअल छलफल सुरु गरेका छन्।

सो छलफलमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ। छलफलमा भट्टराईले अहिले पार्टीभित्र एकता, संघर्ष र रुपान्तरणको नीतिलाई नै प्राथमिकता दिनुपर्ने बताएका थिए।

‘अहिलेको नीति भनेको एकता, संघर्ष र रुपान्तरण नै हो। ओलीले टेक्ने ठाउँ दिँदासम्म एमालेमै रहनुपर्छ। एकता गर्ने भनेको आत्मसर्पण गर्ने होइन। पार्टीभित्र रहेर कब्जा गर्ने हो,’ बैठकमा भट्टराईले भने, ‘ओली पक्षसँग जे जति संवाद भएको छ। छलफलमा जानुभन्दा अघि र पछि पनि माधवकुमार नेपालसँग छलफल भएरै भएको छ।’

अर्का नेता गोकर्ण विष्टले पनि एमालेलाई विभाजन गर्न धेरै शक्ति लागेको हुँदा त्यसबाट जोगिनु पर्ने बताए।

‘एमालेलाई विभाजना गर्न धेरै शक्तिहरु लागेका छन्। त्यस विषयमा तपाईंहरु पनि जानकार नै हुनुहुन्छ। पहिलो प्राथिमकता भनेको एकता नै हो,’ विष्टले भने, ‘हामीले गरेको प्रयासबाट पार नलाग्ने देखियो भने सबै बसेर नयाँ निष्कर्षमा जाउँला।’

बिहीबारबाट सुरु भएको सो भर्चुअल छलफलमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले भने नयाँ पार्टी स्थापना गरेर जानुपर्ने पक्षमा धारणा राखेका छन्।

उनीहरुले जेठ २ गतेको अवस्थामा पार्टी संगठन पुगेर मात्रै पनि हुँदैन र ओलीबाट भएका गलत क्रियाकलपाको पनि समीक्षा हुनुपर्छ भन्ने आवाज उठाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .