ad ad

राजनीति


सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री भट्टको राजीनामा मागियो

सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री भट्टको राजीनामा मागियो

गोकुल जोशी
जेठ २१, २०७८ शुक्रबार १०:३७,

सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा माग गरेका छन्।

शुक्रवारेदखि सुरु भएको प्रदेश सरकारको आठौँ अधिवेशनमा बोल्दै नेकपा एमालेका सांसद समेत रहेका बोहराले मुख्यमन्त्री भट्टको राजीनामा माग गरेका हुन।

‘नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएको छ। र यसको जानकारी जेठ १४ गते संसद सचिवालयलाई (दर्ता नम्बर ५६७) बुझाइएको छ।’

‘समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ। अल्पमतको सरकारका मुख्यमन्त्रीले राजीनामा गर्नुको अर्को बिकल्प छैन्,’ संसदमा बोल्दै एमालेको ओलीनिकट नेता बोहराले भने, ‘त्यसैले तत्काल राजीनामा होस् भन्ने माग गर्दछु।’

Sudurpaschim PradeshSabha samsad 1

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले प्रतिपक्षी भएकाले प्रदेश सभा बैठकमा बस्ने व्यवस्था पनि सोहीअनुसार गर्नुपर्ने समेत उनले माग गरे।

‘समर्थन फिर्ता लिएपछि एमाले प्रतिपक्ष भएको छ। त्यसैले हाम्रो बस्ने व्यवस्थापन पनि यसै अनुसार मिलाउनुपर्छ,’ उनले भने।

सुदूरपश्चिममा माओवादी केन्द्र र नेकपा एमालेको गठनबन्धनको सरकार छ। फुटको डिलमा रहेको एमालेको ओली समूहले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। तर नेपाल–खनाल समूहले समर्थन कायमै रहेको दाबी गरेको छ।

सभामुखसहित २५ प्रदेश सांसद रहेको एमाले प्रदेश सभामा सबैभन्दा ठूलो दल हो। माधवकुमार नेपाल र झलनाथ खनाल समूह प्रदेश सरकारमा बलियो छ। नेपाल–खनाल समूहमा १८ सांसद छन् भने ६ सांसद प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .