ad ad

राजनीति


म्यानमारकी नेतृ आङसाङ सुकीको सुनुवाइ आजदेखि

म्यानमारकी नेतृ आङसाङ सुकीको सुनुवाइ आजदेखि

नेपालखबर
असार १, २०७८ मंगलबार ०:३१,

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई हिरासतमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाइका लागि लगिएको छ।

सुकीलाई लगाइएका आरोपहरुमाथि सोमवारदेखि सुनुवाई सुरु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। निर्वाचित सरकारलाई अपदस्त गरेको म्यानमारको सेनाले ७५ बर्षिया नेतृ सुकीलाई अनियमितता गरेको लगायतका विभिन्न आरोपहरु लगाएको छ।

सुकीसँगै अन्य नेता तथा उच्च अधिकारीहरूलाई पनि सैन्य सरकारले विभिन्न मुद्दाहरु लगाएको छ। मंगलबार हुने सुनुवाईका क्रममा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेताहरू पनि उपस्थित हुने छन्। ‘हामीले अनावश्यक रूपमा यो झमेला झेलिरहनु परेको छ, त्यसविरुद्धमा हामीले राम्रो तयारी गरेका छौँ,’ नेतृ सुकीका वकिल खिन मौङ जावले भने।

नेतृ सुकीले देश, जनता र प्रजातन्त्रका लागि गरेको योगदान विरुद्ध दाग लगाउन सैनिक सरकारले अनेक आरोपहरु लगाएको उनले बताए। म्यानमारको जुन्ता सरकारले गत हप्ता पनि नेतृ सुकीका विरुद्धमा नयाँ आरोपहरूसहितको मुद्दा दर्ता गरेको थियो।

म्यानमारमा गत फेब्रअरी १ मा सेनाले विभिन्न दलका नेता तथा सरकारका उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिएको थियो । नेताहरुलाई हिरासतमा राखेर सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको थियो।

सेनाले सत्ता हातमा लिएसँगै म्यानमारमा अहिलेसम्म पनि नागरिक आन्दोलन जारी छ। आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन्। सुरक्षाकर्मीहरुले दर्जनौँ आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिएको छ भने कैयौँको खोजी गरिरहेको छ।

गत नोभेम्बरमा भएको निर्वाचनमा अपेक्षित नतिजा आफ्नो पक्षमा नआएपछि सेनाले निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो । त्यही असन्तुष्टिको पृष्ठभूमिका नयाँ संसदको बैठक बस्ने अघिल्लो रात सेनाले सत्ता नियन्त्रणमा लिएको थियो।

सेनाले गत निर्वाचन धाँधलीपूर्ण भएकाले चाडै नै निश्पक्ष निर्वाचन गर्ने र सत्ता छोड्ने तर्क गर्दै आएको छ। निर्वाचनका लागि भन्दै जुन्ता सरकारले एक बर्षे सङ्कटकाल पनि घोषणा गरेको छ।

सेनाको दावीप्रति भने आम नागरिक र विश्व समूदायले आपत्ति जनाउँदै आएका छन्। उनीहरूले तत्काल लोकतान्त्रिक प्रक्रियाबाट आएका नेताहरुलाई नै सत्ता हस्तान्तरण गर्न विश्व समुदायको माग छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .