ad ad

राजनीति


कुर्सी जोगाउन प्रधानमन्त्रीले बाटोबाट टिपेर मन्त्री बनाउनु भयो : प्रचण्ड

कुर्सी जोगाउन प्रधानमन्त्रीले बाटोबाट टिपेर मन्त्री बनाउनु भयो : प्रचण्ड

नेपालखबर
असार १०, २०७८ बिहिबार ११:५०,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलको गठबन्धन बताउँदा धेरै अप्ठ्यारोको सामना गर्नु परेको बताएका छन्।

सम्पदकहरुसँगको अन्तर्क्रियामामा प्रचण्डले ५ जना पूर्वप्रधानमन्त्रीले जिम्मेवारीका साथ अपिल गरेको बताए। 'विदेशी चलखेललाई रोक्नका लागि सचेत गराउन अपिल गरेका हौं', उनले भने, 'परिस्थिति गम्भिर भएरै अपिल गरिएको हो।'

जस्तो स्थिति आए पनि गठबन्धले समना गर्ने उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीका लागि जे पनि गर्न तयार रहेको बताए।

प्रचण्डले आफूहरुले पनि त्रुटी गरेको बताउँदै त्यसलाई सच्याउने प्रयास पनि गरेको बताए। जे भनेर कुर्सी पाइन्छ त्यो गर्ने र भन्ने प्रवृत्ति प्रधानमन्त्रीमा रहेको उनको भनाई छ।

राष्ट्रको र लोकतन्त्रको पक्षमा गठबन्धन अगाडि जाने उनले प्रष्ट्याए।

केपी ओलीले कुर्सी जोगाउन बाटोबाट टिपेर मन्त्री बनाएको उनको आरोप छ। 'म नै राज्य हुँ भनेर हिँड्नु भएको छ', उनले भने, 'उहाँले विचित्र गर्नु भयो।'

आफू भएको भए यस्तो स्थितिमा बालुवाटारमा बस्न नसक्ने उनको भनाई छ।

'अदालतको आदेश पछि पदमुक्त भएका मन्त्रीहरुलाई बोलाएर गाडी छोड्न पनि पर्दैन क्वाटर छोड्न पनि पर्दैन। यसो झण्डा छोपेर हिँडे हुन्छ म मिलाउँछु भन्नु भएछ', उनले भने ' उहाँले मुख छोपेर कपडा खोलेर हिँड्दा हुन्छ भने जस्तो गर्नु भयो।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .