आन्तरिक राजस्व कार्यालय, जनकपुरधाम धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालउपर बिगो १ लाख ५० हजार रुपैयाँ कायम गरी आज विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस/रिसवत रकम माग गरेको अख्तियारको आरोप छ।
विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले सेवाग्राहीबाट घुसबापतको सो रकम लिएको अवस्थामा रकमसहित ढकाललाई नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया