नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने भएको छ।
एमालेको आज बसेको स्थायी कमिटी बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य केशव बडालले जानकारी दिए।
'महाधिवेशन गरेको ५ वर्ष पुगिसकेको ले नाम फेरेर आयोजक कमिटी बनाएको थियौै', बडालले नेपालखबरसँग भने, 'त्यसैलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका हौं।'
एमालेले वुधबार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। अदालतले अवैधानिक भनेको उक्त कमिटी भंग गर्ने तयारीमा एमाले रहेको थियो।
यस्तै पार्टीले केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाउने भएको छ।
3
Shares
प्रतिक्रिया