ad ad

राजनीति


प्रधामन्त्रीलाई भेट्न सिंगापुर जाँदै वामदेव गौतम र विष्णु पौडेल

प्रधामन्त्रीलाई भेट्न सिंगापुर जाँदै वामदेव गौतम र विष्णु पौडेल

नेपालखबर
भदौ १७, २०७६ मंगलबार २:४८,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आज (मंगलबार) नेकपाका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न गौतम र पौडेल मंगलबार दिउँसो सिंगापुर जान लागेका हुन्।

पौडेलका स्वकीय सचिव यम पाण्डेले पार्टीको तर्फबाट प्रधानमन्त्री ओलीलाई भेट्न गौतम र पौडेल सिंगापुर जान लागेको जानकारी दिए।

‘दिउँसो साढे १ बजे नेताद्वय सिंगापुर जाँदै हुनुहुन्छ,’ पाण्डेले नेपालखबरसँग भने, ‘उहाँहरु पनि प्रधानमन्त्रीसँगै स्वदेश फर्कने कार्यक्रम छ।’

५ भदौदेखि सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा ओलीको मृगौलाको उपचार भइरहेको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

ओली शुक्रबार वा शनिबार स्वदेश फर्कने नेकपा स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .