ad ad

राजनीति


प्रधानमन्त्रीसँग मन्त्रीहरुको भिडियो कुराकानी

प्रधानमन्त्रीसँग मन्त्रीहरुको भिडियो कुराकानी

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ९:२०,

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्समार्फत् मन्त्रीहरुसँग छलफल गरेका छन्।

मंगलबार दिउँसो १ बजे उनले भिडियो कन्सफरेन्समार्फत् मन्त्रिपरिषद सदस्यहरुसँग कुराकानी गरेका हुन्।

भिडियोमार्फत् मन्त्रीहरुले प्रधानमन्त्रीलाई आ–आफ्नो मन्त्रालयको कामको जानकारी दिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटमाफत् जानकारी दिएका छन्।

सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले शुक्रबार फर्किने जानकारी दिएको बताए। ‘प्रधानमन्त्री स्वस्थ र उत्साही देखिनुहुन्यो। उहाँले शुक्रबार फर्किने जानकारी दिनुभएको छ।’

यसअघि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद बैठक बसेको र त्यसको अध्यक्ष प्रधानमन्त्री ओलीले गरेको दाबी गरिएको थियो। भिडियो कन्फरेन्स मन्त्रिपरिषद बैठकका सुरक्षासहितका विषयमा प्रश्न उठेका थिए। यो पटक मन्त्रिपरिषद बैठक भनिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .