ad ad

राजनीति


संविधान अधुरो र अपुग छः प्रचण्ड

संविधान अधुरो र अपुग छः प्रचण्ड

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ५:५७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा धेरै कुरा समेटिएको भए पनि अपुरो र अपुग भएको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा आफूहरु राष्ट्रिय अवश्यकताका कारण फरक मतसहित संविधान घोषणा गर्न तयार भएको बताए।

उनले आफूले नेतृत्वको गरेको पार्टीले दलित, जनजाति, मधेसी, गरिब र अल्पसंख्यकको विषयमा धेरै गरेको र गर्न सक्ने अवस्था रहेको बताए। ‘संविधान निर्मताहरुमध्ये मैले नेतृत्व गरेको पार्टीले दलित महिला, जनजाति, मधेसी, मुस्लिम र गरिब मुजदुर किसनहरुको विषयमा यो भन्दा धेरै गर्न सकिन्थ्यो, गर्नु प¥थ्यो, केही अधुरो र अपुग छ’, उनले भने, ‘हाम्रो यसमा केही रिजर्भेसन छन्, आजको राष्ट्रको आवश्यकताका कारण हामी केही सम्झौता गरेर भए पनि संविधान घोषणा गर्न तयार भएका हौँ।’

उनले संविधान लेखनका क्रममा आफूहरुले भनेका माग पूरा नभए पनि सहमतिमा संविधान घोषणा गर्नका लागि सम्झौता गरेको बताए। उनले आफूहरुले राखेका फरक मतहरु संविधान संशोधनबाट क्रमशः हल गर्ने प्रस्ट पारे।

उनले आफू नेतृत्वमा भएको जनयुद्ध दलित र उपीडित वर्गको सक्रिय सहभागितामा भएको कारण आफूले ती समुदाय र समुदायको भावनालाई नजिकबाट चिने बुझेको दावी गरे।

उनले दलित, जनजाति, मधेसी लगायतका उत्पीडित समुदायको मुद्दालाई सबै राजनीतिक दलर्ले गम्भीर रुपमा हेर्नुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .