ad ad

राजनीति


कार्यकर्ता कुटिएकोप्रति विश्वप्रकाशको आक्रोशः लामखुट्टे मार्न नसक्नेले अरु के पो गर्लान?

कार्यकर्ता कुटिएकोप्रति विश्वप्रकाशको आक्रोशः लामखुट्टे मार्न नसक्नेले अरु के पो गर्लान?

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ११:५,

नेपाली कांग्रेसले जागरण अभियानका क्रममा विहिबार बाँकेमा सत्तारुढ दल नेकपा समर्थित युवाहरुबाट भएको आक्रमणको घटनाको भत्र्सना गर्दे गम्भीर आपत्ती जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको भत्र्सना गर्दै भविश्यमा यस्तो क्रियाकलाप नदोहोर्याउन पनि सरकारलाई चेतावनी दिएका हुन्। जागरण अभियान कार्यक्रमलाई विथोल्नका लागि सत्तारुढ दलका कार्यकर्ताबाट भएको आक्रमणको घटनालाई कांग्रेसले घटनाको रुपमा मात्रै नभई प्रवृत्तिको रुपमा विश्लेषण गरेको भन्दै उनले प्रतिपक्षी दलप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराए। कांग्रेसले जागरण अभियानका क्रममा केन्द्रदेखि स्थानीय तहसम्ममा भ्रष्टाचारका घटनालाई केन्द्रीय भागमा राखेर उठाउँदै आएकाले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु तिलमिलाएर आक्रमणमा उत्रेको टिप्पणी उनले गरे।

उनले प्रतिपक्षी दलप्रति सत्तापक्षका कार्यकर्ताबाट हुने दुर्रव्यवहार तथा आक्रमणका घटनाले समग्र मुुलुकको राजनीतिप्रति नै जनतामा वितृष्णा फैलन सक्ने भन्दै घटनाप्रति गम्भीर बन्न सरकारलाई चेतावनी दिए।

उनले भने, ‘लामखुट्टे त मार्न सक्दैन यो सरकारले भने बाँकी कुरो के पो गर्न सक्ला? त्यसकारण यो विषयमा सरकार गम्भीर बनोस्। नेपाली कांग्रस पार्टीको कुनैपनि तह र तप्काका साथीहरु माथि गर्ने दुर्रव्यवहारहरु कांग्रेस माथिको प्रहार मात्रै होइन। यसले समग्र राजनीतिका बारेमा वितृष्णा बढ्छ भन्ने कुरालाई सरकारले गम्भीरता पुर्वक सोचोस्।’

बाँकेको खजुरा गाउपालिका वडा नम्बर २ को सितापुरस्थित नेपाल रेडक्रसको सभाहलमा हिमाल,पहाड तराई –मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोश्रो चरणको कार्यक्रकम चलिरहेका बेला युवाहरुको समुह प्रवेश गरि आक्रमण गर्दा जिल्ला सभापति किरण कोइराला घाईते हुनुभएको थियो। आक्रमणबाट उहाँको हात भाँच्चिएको र अन्य कार्यकर्ता पनि घाईते भएको कांग्रेसले जनाएको छ।

यसैबीच, गृहमन्त्री राम बहादुर थापाले शुक्रबार बिहान संसदीय समितिमा बोल्दै बाँके घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिईसकेको तथा अन्य दोषीहरुको खोजी भईरहेको बताएका थिए।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सदस्य डिला संग्रौला पन्तले बाँके घटना राज्यसत्ताबाट भएको विचार माथिको आक्रमण भएको भन्दै संलग्न दोषीलाई नियन्त्रणमा लिई कडा कारवाही गर्न तथा संविधान अनुसार विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .