ad ad

समाज


इटालीले तपाइँलाई त्यहाँका गाउँमा बस्न २७ हजार अमेरिकी डलर दिन्छ, तलब पनि दिन्छ

इटालीले तपाइँलाई त्यहाँका गाउँमा बस्न २७ हजार अमेरिकी डलर दिन्छ, तलब पनि दिन्छ

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ११:२,

त्यतिमात्र होइन इटालीका ग्रामीण क्षेत्रमा बस्न त्यहाँका प्रशासनले मानिसहरुलाई सुरुवातमा निश्चित पैसा त्यसपछि महिनाको तलबको पनि व्यवस्था गरेको छ।

मोलिसा क्षेत्र इटालीको १ सय ६ अति कम जनसंख्या भएको एक क्षेत्रमध्ये पर्दछ। यो निकै सुन्दर क्षेत्र हो।

तर त्यहाँ जनसंख्या कम भएपछि गाउँ नै लोप हुने त्रासका कारण त्यहाँको प्रशासनले गाउँ बचाउने योजना बनाएको छ।

Antonio Mignogna-Toro

उक्त योजना अन्तर्गत त्यहाँ बस्न इच्छुक मानिसलाई त्यहाँको प्रशासनले सुरुवातमा २७ हजार अमेरिकी डलर प्रदान गर्नेछ।

त्यसपछि ३ वर्षसम्म महिनाको ७ सय युरो दिने प्रस्ताव गरेको छ। इटालीका क्षेत्रिय काउन्सलर एन्टोनियो टिडेसीले भने,‘म मेरा कम जनसंख्या भएका क्षेत्र विकसित गर्न चाहन्छु। यो लोप भएको म देख्न चाहन्न। हामीले हाम्रो जरालाई संरक्षण गर्नुपर्छ।’

Antonio Mignogna-Sepino 2

आगामी सेप्टेम्बरबाट यो सुविधाका लागि मानिसहरुले फारम भर्नसक्ने सीएनएनले जनाएको छ। मोलिसा क्षेत्रमा विशेषगरी युवा, छोरा छोरी भएका श्रीमान श्रीमतीलाई आमन्त्रित गरिएको छ।

सन् २०१४ यता मोलिसा क्षेत्रबाट ९ हजारले बसाइसराई गरिसकेका छन्। हाल यस सुन्दर क्षेत्रमा मात्र ३ लाख ५ हजार जनसंख्या भएको जनाइएको छ।

Sepino-03 - Angelo Tullio

Campitello c-Regione Molise

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .