ad ad

राजनीति


सरकारलाई समर्थन गरेको एकीकृत समाजवादी सदनमा तटस्थ

सरकारलाई समर्थन गरेको एकीकृत समाजवादी सदनमा तटस्थ

फाइल तस्बिर


नेपालखबर
माघ २, २०७९ सोमबार १८:१, हेटौंडा

सरकार गठनमा समर्थन गर्दै आफैँ सरकारमा सहभागी हुन इच्छा देखाइरहेको एकीकृत समाजवादीले सभामुख तथा उपसभामुखको लागि भने मत दिएन। 

शुक्रबार भएको सभामुखको निर्वाचनमा तथस्ट बसेको समाजवादीले आज भएको उपसभामुखको निर्वाचनमा पनि तथस्ट बसेको छ। 

सरकारलाई समर्थन गर्नु र सदन जस्तो ऐन निर्माण गर्ने थलोलाई समर्थन गर्नुमा फरक बिषय भएको बताउँदै उपसभामुखको निर्वाचनमा पनि तथस्ट बसेको एकीकृत समाजवादीले उपसभामुखलाई पनि मत नदिने एसका प्रदेश संसद कृष्णप्रसाद शर्मा खनालले नेपालखबरसँग बताए। 

'सरकारलाई समर्थन गरेका हौं। यसको अर्थ यो होइन हरेक कुरामा समर्थन गर्न पर्छ भन्ने होइन। सभामुख निर्वाचनमा जसरी नै बैठकमा सहभागी भयौं। तर तथस्ट बस्यौँ', खनालले भने।

तर, भोलि मंगलबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यक्रममा भने एकीकृत समाजवादी सहभागी भएर पक्षमा दिने उनले बताए। 

उपसभामुखको लागि ३ जनाको उम्मेदवारी दर्ता भएकोमा उपसभामुखमा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .