बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले पद तथा गोपनीयताको शपथ खाएकी छन्।
नवनिर्वाचित उपसभामुख चापागाईंलाई आज सभामुख भुवन पाठकले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
सोमबार प्रदेशसभामा भएको निर्वाचनमा सत्ता गठबन्धनकी साझा उम्मेदवार चापागाईं उपसभामुखमा विजयी भएकी हुन्।
तीनजनाको उम्मेदवारी दर्ता भएकामा चापागाईंले ६१ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित भएकी थिइन्।
निर्वाचित चापागाईं ललितपुरबाट समानुपातिक प्रदेश सांसद हुन्।
उनले एमालेका २७, माओवादीका २०, राप्रपाका १२ र हाम्रो नेपाली पार्टीका २ सांसद गरी ६१ जनाको मत पाइन्।
33
Shares
प्रतिक्रिया